१७ असार २०८२, मंगलबार | Tue Jul 1 2025


भरतपुरको कपास उद्योगमा भीषण आगलागी, करिव ४० लाखको क्षति


0
Shares

शुक्रबार बिहान करिव ९ बजेको समयमा मेसिन चलाउने क्रममा आगलागी भएको हो । आगलागीबाट उद्योगमा रहेका कपासलगायतका वस्तु जलेको छ भने मेसिन पनि पूर्ण रुपमा क्षति भएको छ ।

उद्योगकी संचालिका सम्झना कोइराला काठमाडौंमा भएका कारण क्षतिको पूर्णविवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ । आगो नियन्त्रणमा लिन दमकल, नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयबासी खटिएका थिए ।

हाल आगो पूर्ण रुपमा नियन्त्रणमा आइसकेको छ ।