
घाइतेमध्ये तीनजनाको अवस्था गम्भीर रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।
सर्लाहीको बयलवासबाट बरहथवाबजारतर्फ जाँदै गरेको ना४ख ६०५८ नम्बरको बस दुर्घटनामा परेको हो ।
दुर्घटनामा हरिवन नगरपालिका–८ का ३८ वर्षीय श्रीराम घिमिरे, भक्तिपुरका ९२ वर्षीय देवनारायण राय यादव र ईश्वरपुरकी ३५ वर्षीया कुन्तीकुमारी महतो गम्भीर घाइते भएकी छन् ।
उनीहरुको नमुना अस्पताल र स्वाभिमान अस्पताल हरिवनमा उपचार भइरहेको ट्राफिक प्रहरी निरीक्षक पाँचु चौधरीले जानकारी दिए ।
अरु सामान्य चोटपटक लागेका घाइतेहरु उपचारपछि गन्तव्यतर्फ लागेका जनाइएको छ ।
बसको टायर अड्याउने भाग भाचिँदा बस अनियन्त्रित भइ सडकबाट झन्डै १४ फिट तल खसेको प्रहरीले जनाएको छ ।
दुर्घटनापछि चालक फरार भएका छन् ।
प्रतिक्रिया दिनुहोस्