
यस्ता सवारी साधनले ग्रामीण क्षेत्रमा बढी सेवा दिइरहेकाले यातायात सञ्चालनमै समस्या पर्ने चेतावनी व्यवसायीहरुले दिएका छन् ।
नेपालका अधिकांश ग्रामिण सडकमा यातायात व्यवसायीहरुले पुराना सार्वजनिक सवारी साधन सञ्चालन गर्ने गरेका छन् । धुले र हिले ग्रामिण सडकमा नयाँ सवारी साधन सञ्चालन गर्न व्यवसायीले नचाहने गरेका कारण पुराना सवारी साधन सञ्चालनमा ल्याइने गरेको छ ।
केही सिमित सडकलाई छोड्ने हो भने पूर्वी पहाडका अधिकांश सडक हिउँदमा धुले र बर्खामा हिलाम्य हुने गरेका छन् । पहाडका अधिकांश दुर्गम स्थानमा पुरानै सवारी साधनले सेवा दिँदै आएका छन् ।
प्रदेश नम्बर १ मा मात्र २० बर्ष पुराना विभिन्न प्रकारका २१ सय भन्दा बढी सवारी साधन सञ्चालनमा छन् ।
यस्ता छन् व्यवसायीका तर्क, भिडियोमा हेर्नुहोस्
प्रतिक्रिया दिनुहोस्