
मुलुकका सातैओटा प्रदेश मुकाममा परेका कुल ६३ हजार ६०० उजुरीमध्ये पहिलो चरणमा आयोले १४ सय उजुरीमाथिको अनुसन्धान पूरा गरेको जनाएको छ ।
आयोगकी सदस्य मञ्चला झाले आयोगले पहिलो चरणमा १४ सय उजुरीमाथि छानबिन र अनुसन्धान सकेको भन्दै आगामी वैशाखभित्र सरकारलाई उजुरीमाथिको कारबाहीका लागि सिफारिस गरिने जानकारी दिइन् ।
आयोगको प्रदेश नम्बर–१ मुकाम कार्यालय विराटनगरमा शुक्रबार भएको आयोगको परिपूरण मापदन्डसम्बन्धी सुझाव संकलन कार्यक्रममा सदस्य झाले प्रदेश–१ मा ६ हजार ७५८ उजुरी परेकामा पहिलो चरणमा ४०० उजुरीमाथिको अनुसन्धान सकिएको बताइन् ।
प्रतिक्रिया दिनुहोस्