सरकारको यो निर्णयसँगै जिल्ला प्रशासन कार्यालयमा दर्ता गरिएका त्यस्ता सबै संस्थाको दर्ता खारेज हुने अवस्था आएको छ । ‘सिन्डिकेट’विरुद्ध कठोर बन्दै मंगलबार बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले अब त्यस्ता संस्थाहरुले कम्पनी वा सम्बन्धित मन्त्रालयको संरचनामा दर्ता गर्नुपर्ने निर्णय पनि गरेको सन्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुलप्रसाद बाँस्कोटाले जानकारी दिए । हाल देशभर रहेका सबैजसो यातायात समिति…