
थाक्रेको महेशखोलाको पारीबाट बोरिङ गरी महादेवबेसी बजारतर्फ पानी ल्याउने पाईप झुण्डाउने क्रममा पाईपमा बाँधेको सपोट (आल्मुनियम) को तारले बिजुलीको ११ हजार भोल्टेजको तारमा छुन गई करेन्ट लागेको हो ।
करेन्ट लागेर घाईते भएका झापा घर भएका ६५ वर्षीय निकी तामाङको उपचारका लागि लैजादै गर्दा बाटोमा नै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
करेन्ट लाग्दा थाक्रे ६ बस्ने ३७ वर्षीय धनबहादुर कार्की, १६ वर्षीय निरज कार्की, १० वर्षीय गोपी कुलु, ४० वर्षीय सुरेश पुलु, ४० वर्षीय माईली तामाङ, गौतम तामाङ घाईते भएका छन् ।
घाईतेहरुको काठमाडौंको ट्रमा सेन्टरमा उपचार भइरहेको छ । उनीहरुको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्