बर्दियामा माटोको ढिस्कोले पुरिएर एक महिलाको मृत्यु, दुई घाइते • Image Khabar Image Khabar


बर्दियामा माटोको ढिस्कोले पुरिएर एक महिलाको मृत्यु, दुई घाइते


Imagekhabar
४ बैशाख २०७५, मंगलवार १५:०२

बर्दियामा माटोको ढिस्कोले पुरिएर एक महिलाको मृत्यु, दुई घाइते

घर लिप्ने माटो लिन गएकामध्ये स्थानीय २५ वर्षीया गणेश शाहीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।

घाइते हुनेमा स्थानीय २१ वर्षीया शुर्जा शाही र २६ वर्षीया सुस्मिता बिक छन् ।

मंगलबार बिहान माटो झिक्नेक्रममा सो घटना भएपछि सँगै गएका अरु महिलाले घाइतेको उद्धार गरेका थिए ।

घाइतेलाई उपचारका लागि जिल्ला अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्