राष्ट्रपतिको शपथ विवादसम्बन्धी रिट खारेज • Image Khabar Image Khabar


राष्ट्रपतिको शपथ विवादसम्बन्धी रिट खारेज


Imagekhabar
४ बैशाख २०७५, मंगलवार १८:४६

राष्ट्रपतिको शपथ विवादसम्बन्धी रिट खारेज

न्यायाधीश सपना मल्ल प्रधानको एकल इजलासले राष्ट्रपति भण्डारीको शपथसम्बन्धी विवादको रिट निवेदन खारेज गरेको हो ।

अवकाशप्राप्त प्रधानन्यायाधीशले राष्ट्रपति भण्डारीलाई शपथग्रहण गराउनु असंवैधानिक भएको उल्लेख गर्दै अधिवक्ताद्वय नारायण खरेल र हेममणि सुवेदीले गत चैत १४ गते रिट निवेदन दायर गरेका थिए ।

रिट निवेदनमा न्यायपरिषदमा भएको तत्कालीन प्रधानन्यायाधीश पराजुलीको नागरिकता र शैक्षिक प्रमाणपत्रअनुसार गत साउन २१ गते नै उमेर हदले ६५ वर्ष पुगेको हुँदा उनले खुवाएको शपथग्रहण गैरकानुनी भएको उल्लेख गरिएको थियो । रासस

प्रतिक्रिया दिनुहोस्