
मोरङ, उर्लाबारीका सनम शाक्यको हत्यापछि सुनकान्ड र उनीसँग जोडिएको घटनाको अनुसन्धानकाबारेमा सांसदहरुले प्रदेश सरकारको जवाफ मागेका छन् ।
माओवादी केन्द्रका सांसद कुलप्रसाद सम्बाले मंगलबार बसेको प्रदेशसभा बैठकमा शाक्यको हत्या र त्यससँग जोडिएको सुनकान्डको विषय प्रहरीको ‘हाइकमान्ड’सँग जोडिएको दावी गरे ।
यस्तै, नेपाली कांग्रेस संसदीय दलका सचेतक केदार कार्कीले प्रदेश–१ को शान्ति–सुरक्षा खस्किएको भन्दै प्रदेश सरकारको आलोचना गरे ।
पछिल्ला समय आपराधिक घटना दिनानुदिन बढेको भन्दै कार्कीले शान्ति–सुरक्षा कायम गर्न सरकार असफल भएको बताए ।
आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्कीले सांसदले उठाएका जिज्ञासाको जवाफ दिँदै सुनकान्ड र शाक्यको हत्याकाबारेमा केन्द्र सरकारको गृह मन्त्रालयले अनुसन्धान गरिरहेको जानकारी दिए ।
मंगलबारको बैठकमा विनियोजन विधेयक टेबुल गरिएको छ । आर्थिक मामिला तथा योजनामन्त्री इन्द्र आङम्बोले विधेयक सदनसमक्ष टेबुल गरेका हुन् ।
प्रतिक्रिया दिनुहोस्