भक्तपुर, वैशाख ५ । भक्तपुरको सुर्यविनायक नगरपालिका–१० नलिनचोकमा ट्रिपरको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सुडाल नगरपालिका–१० का २४ बर्षीय सागर सार्की रहेका छन् । उनको सिरमेमोरियल अस्पताल बनेपामा उपचारको क्रममा मृत्यु भएको हो । प्रहरीका अनुसार आज बिहान ९ बजे बा३ख ३०८९ नम्बरको टिपरले बा५३प १३७४ नम्बरको मोटरसाईकलाई ठक्कर दिदा दुर्घटनामा…