
भक्तपुर, वैशाख ५ । भक्तपुरको सुर्यविनायक नगरपालिका–१० नलिनचोकमा ट्रिपरको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा सुडाल नगरपालिका–१० का २४ बर्षीय सागर सार्की रहेका छन् ।
उनको सिरमेमोरियल अस्पताल बनेपामा उपचारको क्रममा मृत्यु भएको हो ।
प्रहरीका अनुसार आज बिहान ९ बजे बा३ख ३०८९ नम्बरको टिपरले बा५३प १३७४ नम्बरको मोटरसाईकलाई ठक्कर दिदा दुर्घटनामा भएको थियो । टिपर चालकलाई नियन्त्रणमा लिएको महानगरीय प्रहरी बृत जगातीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्