९ चैत्र २०८१, शनिबार | Sat Mar 22 2025


जन्ती बस दुर्घटना, पन्ध्र घाइते


0
Shares

चितवन, बैशाख ४ । बालाजुबाट जन्ती बोकेर गोरखातर्फ जान आउँदै गरेको बस पृथ्वी राजमार्गअन्तर्गत दारेचोक गाविस–४, फिस्लिङमा आज बिहान दुर्घटना हुँदा बसमा सवार १५ जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार बा ३ ख ५३३० नंको बस राजमार्गमा बिहान १०ः४५ बजे पल्टिएको हो । इलाका प्रहरी कार्यालय मुग्लिनका निमित्त प्रमुख प्रहरी नायब निरीक्षक रामभक्त भट्टराईका अनुसार घाइतेमध्ये दुई जनालाई भरतपुरको चितवन मेडिकल कलेज र अन्यलाई काठमाडौँ पठाइएको छ । तीमध्ये तीनजनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

राजमार्गमा पल्टिएको बस जुन दिसाबाट आएको हो दुर्घटनापछि सोही दिसातर्फ फर्किएर पल्टिएको छ । तीव्रगतिमा आएकाले यसरी बस अनियन्त्रित भई दुर्घटना भएको प्रहरीको अनुमान छ । दुलाहा अर्को गाडीमा भएकाले सकुशल रहेको प्रहरीले जनाएको छ । रासस