
काठमाडौं, बैशाख ५ । सरकारले आजबाट लागु हुने गरी पोलियोविरुद्ध नयाँ भ्याक्सिन सुरु गरेको छ ।
आज स्वास्थ्य मन्त्रालयले पत्रकार सम्मेलन गरी पोलियोविरुद्ध वीओपीभी भ्याक्सिन सुरु गरेको जानकारी दिएको हो ।
मन्त्रालयले देशभरका सबै स्वास्थ्य केन्द्रहरुमा आजवाट वीओपीभी भ्याक्सिन प्रयोग गर्न निर्देशन दिइसकिएको पनि जनाएको छ ।
आगामी दुई साताभित्रै संसारभर नयाँ भ्याक्सिन प्रयोगमा आउने मन्त्रालयले जनाएको छ । नयाँ भ्याक्सिनले पोलियो उन्मुलनको अभियानलाई थप बल पु¥याउने मन्त्रालयको दाबी छ ।
प्रतिक्रिया दिनुहोस्