स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिकामा अदुवाको बीउ खरिदमा भ्रष्टाचार भएको खुलासा भएको छ। गल्याङ नगरपालिकाका पूर्वमेयर भुपराज अधिकारीसहित ६ जना कर्मचारीलाई २ करोड १४ लाख रुपैयाँ बराबरको अनियमितता गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको हो । मुद्दा दायर गरिएकामा तत्कालिन प्रमुख प्रशासकीय अधिकृत ईश्वरीप्रसाद पाण्डे, तत्कालिन बाली विकास अधिकृत अरविन्द…