६ माघ २०८१, आइतबार | Sun Jan 19 2025


कास्कीमा अवैध लागूऔषध गाँजासहित एक पक्राउ


338
Shares

काठमाडौं । कास्कीमा लागूऔषधसहित एक जना पक्राउ परेका छन् ।

पोखरा महानगरपालिका–३० पावरहाउस चोकबाट अवैध लागूऔषध गाँजा करिब १ केजी ५ सय ग्रामसहित प्रहरीले उनलाई शनिबार राति पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा सोही महानगरपालिका–१० रामबजार बस्ने २२ वर्षीय अर्जुन विक रहेको प्रहरीले जनाएको छ ।

विकलाई वडा प्रहरी कार्यालय गगनगौडाबाट खटिएको प्रहरीले काठमाडौंबाट पोखरातर्फ जाँदै गरेको ग २ ख १३९८ नम्बरको बस जाँच गर्ने क्रममा उक्त गाँजासहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।