नवलपरासी, असार ६ । फुटबल खेलाडी विमल घर्तीमगरकी बहिनी मनिषाको हत्याका अभियुक्त आशिष चौधरीलाई आजीवन कैदको माग गर्दै सरकारी वकिलको कार्यालय नवलपरासीले जिल्ला अदालत परासीमा सोमबार मुद्दा दर्ता गरेको छ ।सरकारी वकिल रुद्र पन्थीले परिस्थितिजन्य प्रमाणका आधारमा प्रतिवादीमाथि मुद्दा दर्ता गरिएको बताए ।कर्तव्य ज्यानअन्तर्गत् मुद्दा दर्ता गरिएको हो ।अदालतले थुनछेकको बहस गरेर प्रतिवादीको बयान लिने…