नक्कली सुन देखाइ ठगी गर्ने गिरोह पक्राउ « Imagekhabar – Online News Portal of Nepal
२३ श्रावण २०७९, सोमबार | Mon Aug 8 2022


नक्कली सुन देखाइ ठगी गर्ने गिरोह पक्राउ


0
Shares

दोलखा, असार २६ । जिल्ला प्रहरी कार्यालय दोलखाले नक्कली सुन देखाई १५ लाख रुपैयाँ ठगी गर्ने गिरोहलाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।

सार्वजनिक गरिएकाहरुमा सिन्धुपाल्चोक गाती–७ का दावा ग्याल्जेन शेर्पा, गोपाल श्रेष्ठ, बाह्रविसे–४ का कृष्ण श्रेष्ठ र भुवन श्रेष्ठ छन् । उनीहरुलाई गत शुक्रबार प्रहरीले पक्राउ गरेको हो ।

उनीहरुले गत बैशाखमा भीमेश्वर नगरपालिका–१, बसपार्कमा पसल गर्ने मेनुका चौलागाईंलाई प्रलोभनमा पारी नक्कली सुन दिइ १५ लाख रुपैयाँ ठगी गरेको दोलखा प्रहरी प्रमुख डिएसपी बेलबहादुर पाण्डेले जानकारी दिए ।

सोही घटनामा संलग्न रहेका अन्य ५ जना भने अझै फरार रहेको प्रहरीले जनाएको छ ।