कञ्चनपुर, भदौ २८ । भारतीय सीमाक्षेत्रबाट घरतिर आइरहेका आठजना नेपाली सीमावर्ती भारतीय बजार बनवसानजिक सोमबार साँझ लुटिएका छन् । सीमा क्षेत्रमा सञ्चालनमा रहेका टाँगा व्यवसायीबाट नेपाली लुटिएका हुन् । भारतीय सीमावर्ती बजार बनबासाबाट महेन्द्रनगर पुर्याइदिने भन्दै टाँगा व्यावसायीले महाकाली पुलपारि नै लुटेका हुन् । लुटिनेमा डडेल्धुराको जोगबुडाका जीवन बोहरा, वीरबहादुर बोहरा, अछाम भैरवस्थानका कमल नेगी,…