Logo ४ बैशाख २०८३, शुक्रबार | Fri Apr 17 2026


दसैंका अवसरमा १०४ कैदीलाई माफी


0
Shares

काठमाडौं, असोज २१ । राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषदको सिफारिसमा बडादसैं, २०७३ का उपलक्ष्यमा असल चालचलन भइ कैदको सजाय छोट्याउन योग्य देखिएका १०४ कैदीलाई माफी दिएकी छन् ।

कारागार नियमावली, २०२० एवं सजाय माफी, मुल्तबी, परिवर्तन वा कम गर्नेसम्बन्धी कार्यावधि, २०७१ बमोजिम असल चालचलन भइ कैदको सजाय छोट्याउन योग्य देखिएका गजेन्द्र लावतीलगायत कैदीको भुक्तान हुन बाँकी कैदको सजाय नेपालको संविधानको धारा २७६ बमोजिम माफी दिइएको राष्ट्रपतिको कार्यालयले शुक्रबार जनाएको छ । रासस