Logo ३० चैत्र २०८२, सोमबार | Mon Apr 13 2026


विद्युत् चोरीको अभियोगमा सातजनालाई पक्राउ गरी कारबाही

जिल्ला प्रहरी कार्यालय, सप्तरी तथा नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र राजविराजबाट संयुक्तरुपमा खटिएको अनुगमन टोलीले विद्युत्को खम्बाबाट सिधै विद्युत् चोरी गरेका भनिएकाहरुलाई पक्राउ गरेको केन्द्रका प्रमुख रामउद्गार साहले बताए । अभिव्यक्तविरुद्ध विद्युत् ऐनानुसार मंगलबार कारबाही गरिएको प्राधिकरणले जनाएको छ । रासस