Logo १३ भाद्र २०८३, शनिबार | Sat Aug 29 2026


ठूलो मात्राको हतियारसहित युवक पक्राउ, एसएलआरदेखि कटुवा पेस्तोलसम्म बरामद


0
Shares

पक्राउ पर्नेमा जुम्लाका २४ वर्षीय बेदन दास थापा रहेका छन् ।

जुम्लाको गज्याङकोट वडा नम्बर–८ डाढखर्कको जंगलबाट पक्राउ परेका थापाको साथबाट एसएलआर राइफल दुईथान, त्यसमा प्रयोग हुने म्याग्जिन दुईथान, थ्रीनटथ्री राइफलको दुईथान गोली, अटोमेटिक पेस्तोल एकथान, त्यसमा प्रयोग हुने गोली तीनथान, दुईओटा पेस्तोल र गोली पाँचथान, कटुवा पेस्तोल दुईथान, केप, फिउज वायर र रड बरामद गरिएको मध्यपश्चिम क्षेत्रीय प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक माधवप्रसाद नेपालले जानकारी दिए ।

थापामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

उनलाई सार्वजनिक भने गरिएको छैन ।