जुम्ला देपालगाउँ वडा नम्बर– ३ रोकायावाडाको बाटोमा १४ वटा मूर्ति र दुई वटा शंख फेला परेको हो । स्थानीयले बाटोमा मूर्तिहरु फालेको देखेपछि प्रहरीलाई खबर गरेका थिए । एक महिनाअघि कर्णालीको धरोहरका रुपमा रहेको चन्दननाथ मन्दिरबाट मूख्य दत्रात्तय लगायतका २१ वटा मूर्ति चोरी भएका थिए । चन्दनाथ मन्दिरबाट चोरिएका गौतम बुद्ध, सरस्वती, वालगोपाल, बुद्धको सानो…