काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा गत आइतबारदेखि जारी थुनछेक बहसका सरकारी वकिल कार्यालयले आफ्नो बहस सकाएको छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा थुनछेक बहस भएको थियो । गत आइतबार सरकारी वकिलका तर्फबाट महेश खत्रीले बहस गरेकोमा सोमबार र मंगलबार जनक घिमिरे, सीताराम अर्याल, दिनेश भट्टराई, प्रकाश घिमिरेलगायतले बहस गर्नुभएको हो ।…