जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार शनिबार राति मनबहादुर र निजकी श्रीमती ४६ वर्षीया सीता गुरुङबीच मादकपदार्थ सेवन गरेर झगडा भएको थियो । झगडापछि गुरुङले श्रीमतीलाई कुटपिट गरेपछि श्रीमतीले आत्महत्या गरेको गुरुङले प्रहरीलाई बताएको प्रहरीले जनाएको छ । यता गुरुङका छोरीसहित स्थानीयवासीले कुटपिटका कारण नै श्रीमती गुरुङको मृत्यु भएको भन्दै प्रहरीमा उजुरी दिएको प्रहरीले बताएको छ…