नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले दिएको सूचनाका आधारमा पर्सा प्रहरीले वीरगन्ज भन्सार परिसरको खुला स्थानबाट ‘बेवारिसे’ अवस्थामा दुइथान चितुवाको छाला र ३४ किलो हड्डी बरामद गरेको हो । भन्सार परिसरको यार्डमा दुइवटा थोत्रो टिनको बाकसभित्र राखिएको १६ वटा पोकामा रहेको हड्डी र छाला सोमबार (आज) बरामद गरिएको पर्साका प्रहरी उपरीक्षक गोविन्दकुमार साहले जानकारी दिए…