काठमाडौं, साउन १६ । भारतको राजधानी नयाँ दिल्लीबाट ३९ नेपाली महिलाको उद्धार गरिएको छ । बुधबार बिहान दिल्ली महिला आयोगकी अध्यक्ष स्वाति मालिवालको अग्रसरतामा उनीहरुलाई दलालको फन्दाबाट उद्धार गरिएको हो । तेस्रो मुलुक पठाउनका लागि उनीहरुलाई पहाडगञ्जको एक होटलमा राखिएको अवस्थामा उद्धार गरिएको मालिवालले जनाएकी छन् । राति १ बजेदेखि बिहान पौने ६ बजेसम्म प्रहरीसमेतको…