Logo २३ आश्विन २०८३, शुक्रबार | Sat Oct 10 2026


१३ वर्षीया बालिकाको हत्या, दुईजना पक्राउ

भीमदत्तनदगर, साउन ११ । कन्चनपुरको भीमदत्त नगरपालिका–२, खोल्टीका १३ वर्षीया बालिका निर्मला पन्तको हत्या गरिएको अवस्थामा शव उखुबारीमा भेटिएको छ । भीमदत्त नगरपालिका–१८, निम्बुखेडास्थित उखुबारीमा मृत अवस्थामा बालिका भेटिएको जिल्ला प्रहरी कार्यालय कन्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर सेटीले जानकारी दिए । बिहीबार साथीको घरबाट कापी–कलमसहित साइकलमा घर फर्कंदै गरेकी बालिकाको शव शुक्रबार बिहान भेटिएको…