Logo ११ जेष्ठ २०८३, सोमबार | Mon May 25 2026


४५७ ग्राम सुनसहित युवक पक्राउ


0
Shares

काठमाडौं, साउन २२ । महानगरीय प्रहरी परिसर काठमाडौंले अवैधरुपमा तस्करी गरेर ल्याएको ४५७ ग्राम सुनसहित एकजनालाई पक्राउ गरेको छ ।

परिसर, महानगरीय प्रहरी वृत्त गौशालाको टोलीले वैदेशिक रोजगारीका सिलसिलामा विदेशमा गएका कामदार प्रयोग गरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुन तस्करी हुने गरेको गोप्य सूचनाका आधारमा सुनसरीका २८ वर्षीय फैजाद आलमलाई सोमबार पक्राउ गरी मंगलबार सार्वजनिक गरेको हो ।

परिसरका प्रवक्ता मोहनकुमार थापाले विमानस्थलको मूलढोकाअगाडि शंकास्पदरुपमा हिँडिरहेका अवस्थामा पक्राउ गरिएको जानकारी दिए ।

प्रहरीले आलमसँग सुनका सातथान चुरा र पाँचथान बेरुवा औंठी बरामद गरेको थापाले बताए ।

उक्त सुनको बजार मूल्य रु २१ लाख ९४ हजार ५७ छ ।

अभियुक्त आलमलाई आवश्यक कारबाहीका लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय पठाइएको प्रहरीले जनाएको छ । रासस