Logo २६ असार २०८३, शुक्रबार | Fri Jul 10 2026


‘छोरा अपहरणमा परेको’ भनी गलत सूचना दिने समातिए


0
Shares

काठमाडौं, साउन २४ । छोरा अपहरणमा परेको भनी गलत सूचना दिएको अभियोगमा एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।

बैतडी, पाटन स्थायी घर भइ हाल काठमाडौंको कपन बस्ने ४१ वर्षीय राकेश विष्टलाई महानगरीय अपराध महाशाखाको टोलीले बिहीबार नियन्त्रणमा लिएको हो ।

विष्टले आफ्नो ‘२० वर्षीय छोरा नरेश विष्ट अपहरणमा परेको’ भनी बुधबार महानगरीय प्रहरी आयुक्तको कार्यालय, रानीपोखरीको कन्ट्रोल नम्बर १०० मा फोन गरी जानकारी गराएका थिए ।

सो सम्बन्धमा अनुसन्धान गर्नेक्रममा निज राकेश विष्टको खोजतलास गरी महाशाखामा ल्याइ सोधपुछ गर्दा अपहरणमा परेको भन्ने गलत सूचना भएकाले प्रहरीलाई भ्रममा पार्न खोजेकालाई आवश्यक कानुनी कारबाहीका लागि नियन्त्रणमा लिइएको महाशाखाले विज्ञप्तिमार्फत् जनाएको छ । रासस