दीपक श्रेष्ठ (इमेज) काठमाडौं, असोज १८ । कन्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्याको घट्ना सुल्झँदै जानुपर्नेमा झन् रहस्यमय बन्दै गएको छ । निलम्बित प्रहरी उपरीक्षक डिल्लीराज विष्टसहित तीनजनाको डीएनए रिपोर्ट आएपछि अब सबैको ध्यान पछिल्लो समय गठन भएको प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) धीरु बस्नेत नेतृत्वको उच्चस्तरीय समितितर्फ सोझिएको छ । घटनालगत्तै स्थानीय प्रहरीले…