विनोदसिंह विष्ट (इमेज) बैतडी, असोज १९ । एक किशोरीको बलात्कारपछि हत्या अभियोगमा बैतडी जिल्ला अदालतले एक युवकलाई सर्वस्वसहित जन्मकैदको फैसला सुनाएको छ । अदालतका स्रेस्तेदार भीमप्रसाद भुसालकाअनुसार बैतडीको डिलाशैनी गाउँपालिका–४, पिरेणीका २२ वर्षीय उमेशप्रसाद जोशीलाई सर्वस्वसहित जन्मकैदको फैसला सुनाइएको हो । जिल्ला न्यायाधीश माधवप्रसाद अधिकारीको एकल इजलासले शुक्रबार कैद सजाय सुनाएको स्रेस्तेदार भुसालले बताए ।…