रोल्पा, भदौ २४ । रोल्पाको सुलिचौरमा गोली प्रहार गरी एक जनाको हत्या भएको छ । नेपाल तरुण दल रोल्पा नगरका अध्यक्षसमेत रहेका रोहित पुनको हत्या भएको हो । सुनिल स्मृति गाउँपालिकाको सुलिचौर प्रहरी चौकी अगाडि उनीमाथि गोली प्रहार भएको थियो । छातीमा २ र बाँया कोखामा एउटा गोली लागेका पुनको घटनास्थलमै मृत्यु भएको प्रत्यक्षदर्शीले जनाएका…