काठमाडौं, पुस १० । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला कृषि विकास कार्यालय दैलेखका प्रमुख वरिष्ठ कृषि विकास अधिकृत डा. नरहरिप्रसाद घिमिरेसहित १३ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । उनीहरुमाथि कृषि बीउ तथा बिजन वितरणमा अनियमितता गरेको, कृषि सामग्री खरिद नै नगरी खरिद गरेको देखाइ ढुवानीसमेत गरेको नक्कली बिल भर्पाइ बनाइ भ्रष्टाचार गरेको अभियोग…