
काठमाडौं, पुस ९ । नक्कली शैक्षिक प्रमाणपत्र तथा नक्कली स्मार्ट लाइसेन्स बनाउने तीनजनालाई महानगरीय अपराध महाशाखाको टोलीले पक्राउ गरी सोमबार सार्वजनिक गरेको छ ।
पक्राउ पर्नेमा सोलुखुम्बु घर भइ काठमाडौंको धापासीहाइट बस्दै आएका दीपक केसी, स्वयम्भूका बलबहादुर राउत र तारा सुवेदी रहेका छन् ।
उनीहरुको साथबाट प्रहरीले नक्कली कागजात बनाउने विद्युतीय उपकरणहरुसमेत बरामद गरेको छ ।
ती अभियुक्तहरुले वर्षौंदेखि नक्कली कागजात बनाइ ठगी गर्दै आएको खुलासा भएको छ ।
उनीहरुलाई प्रचलित कानुनबमोजीम कारबाही गरिने प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्