काठमाडौं, जेठ २७ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)ले १९ वर्षदेखि फरार रहेका हत्याका अभियुक्तलाई पक्राउ गरेको छ । २०५७ साल असार ५ गते भक्तपुरका बिजेश्वरी प्रजापतिको हत्या गरी फरार रहेका देवीरमन अधिकारीलाई सीआइबीको टोलीले भैरहवाबाट पक्राउ गरेको हो । सीआइबीले सोमबार पत्रकार सम्मेलन गरी अधिकारीलाई सार्वजनिक गरेको छ । उनले २०५७ सालमा पर्सा…