काठमाडौं, असार २१ । प्रहरीको ‘मोस्ट वान्टेड’ सूचीमा रहेका कपिलवस्तुका नसिम खान पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)को टोलीले उनलाई शनिबार नयाँबानेश्वरबाट पक्राउ गरेको हो । ‘सिरियल किलर’को उपमा पाएका खान अपहरण, फिरौती र हत्याका घटनामा संलग्न रहेको प्रहरीको दाबी छ । कपिलवस्तु निवासी खान भारतमा लुकिछिपी बस्दै आएका थिए ।…