ओखलढुंगा, साउन २३ । जबर्जस्ती करणी गरेको आरोपमा प्रहरीजवान प्रकाशकुमार यादव पक्राउ परेका छन् । सप्तरी घर भइ हाल ओखलढुंगाको श्रीचौरमा कार्यरत् प्रहरीजवान यादवमाथि १८ वर्षीया किशोरीलाई करणी गरेको आरोप छ । पीडित किशोरीले बुधबार जाहेरी दिएपछि उनलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी प्रमुख पुष्पराज मल्लले जानकारी दिए । किशोरीको किटानी जाहेरीका आधारमा प्रहरीजवान यादवलाई अदालतबाट…