काठमाडौं, असार २८ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महानगरीय प्रहरी वृत्त नयाँ बसपार्कमा कार्यरत् प्रहरीजवानसहित तीनजनालाई रु एक लाख घुससहित पक्राउ गरेको छ । आयोगकाअनुसार प्रहरीजवानत्रय देवेन्द्र बलायर, आकाश खनाल र नेपाल प्रहरी २ नम्बर गणमा कार्यरत् नीरज भण्डारीलाई घुससहित पक्राउ गरेको हो । सवारी दुर्घटनाको बिमा दाबीपत्र बनाइदिने भन्दै उनीहरुले सामूहिकरुपमा एक सेवाग्राहीसँग घुस…