३० असार २०८२, सोमबार | Tue Jul 15 2025


एक लाख घुससहित तीनजना प्रहरी पक्राउ


0
Shares

काठमाडौं, असार २८ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महानगरीय प्रहरी वृत्त नयाँ बसपार्कमा कार्यरत् प्रहरीजवानसहित तीनजनालाई रु एक लाख घुससहित पक्राउ गरेको छ ।

आयोगकाअनुसार प्रहरीजवानत्रय देवेन्द्र बलायर, आकाश खनाल र नेपाल प्रहरी २ नम्बर गणमा कार्यरत् नीरज भण्डारीलाई घुससहित पक्राउ गरेको हो ।

सवारी दुर्घटनाको बिमा दाबीपत्र बनाइदिने भन्दै उनीहरुले सामूहिकरुपमा एक सेवाग्राहीसँग घुस मागेका थिए ।

उनीहरुलाई टोखा नगरपालिका–१० बाट शुक्रबार पक्राउ गरिएको भएपनि शनिबार सार्वजनिक गरिएको आयोग प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।

उनीहरुको थप अनुसन्धान भइरहेको छ । रासस