रुपन्देही, भदौ २९ । रुपन्देहीको रोहिणी गाउँपालिका–३ बैकुण्ठपुरमा गोली हानेर एक जनाको हत्या गरिएको छ । मारिने ओमसतिया गाउँपालिका ५ पचखौलीका अन्दाजी ३६ बर्षिय महेन्द्र चौधरी हुन् । भैरहवास्थित हिमालयन बैंकबाट ५ लाख रुपैयाँ निकालेर घरतर्फ जाँदै गरेका चौधरीलाई स्प्लेन्डर मोटरसाइकलमा आएका दुई जनाले सकडको बीचमै गोली हानी हत्या गरेका हुन् । उनको साथबाट रकम…