
कैलाली । कैलालीको धनगढी उपमहानगरपालिकाका बिभिन्न स्थानबाट लागु औषध ओसार पसारमा संलग्न पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ ।
धनगढी उपमहानगरपालीका वडा नम्बर १० जुगेडाबाट मगलबार वडा नम्बर ३ बोराडाडी बस्ने २६ बर्षिय राम राना र सोहि ठाउ बस्ने १८ बर्षिय सुनिल रानालाई से ६ प ८०४६ नम्बरको मोटर साईकलमा भारतको सुडाबाट नेपाल आउदै गरेको अवस्थामा २ ग्राम ७५० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।
यस्तै उपमहानगरपालीका वडा नम्बर २ स्थित त्रिनगर भन्सार गेट अगाडीबाट भारतबाट से ३ प ९५१२ नम्बरको मोटर साईकलमा नेपाल आई रहेका बेला धनगढी २ बस्ने २० बर्षिय नरेन्द्र बिष्ट, बाजुराको बुढिगंगा नगरपालीका वडा नम्बर ५ बस्ने १८ बर्षिय मनोज भन्डारीका र धनगढी नम्बर ३ बस्ने ३० बर्षिय सुमित अधिकारीलाई पक्राउ गरेको छ ।
उनीहरुको साथबाट ४ ग्राम ९८ मिलिग्राम ब्राउन सुगर, स्पास्मोप्रोक्सिभन ६ ट्याब्लेट, निट्रभेट ५ ट्यावलेट, विनस्पास्म ६ ट्याबलेट, नाइट्राभेट ५ ट्याबलेट, डाइलेक्स १ सिसि, परभोरिन स्पास १० ट्यावलेट प्रहरीले बरामद गरेको छ ।
प्रतिक्रिया दिनुहोस्