काठमाडौं, साउन ३० । सन्चारकर्मी रवि लामिछाने पक्राउ परेका छन् । बिहीबार साँझ प्रहरीले उनलाई काठमाडौंबाट पक्राउ गरेको हो । ‘न्यूज २४’ टेलिभिजनको ‘सीधा कुरा जनतासँग’ कार्यक्रमका प्रस्तोता लामिछानेलाई चितवनमा पत्रकार शालिकराम पुडासैनीको 'आत्महत्या'सम्बन्धी घटनाका सम्बन्धमा अनुसन्धानका लागि पक्राउ गरिएको प्रहरीले जनाएको छ । सोही टेलिभिजनमा कार्यरत् अर्का पत्रकार युवराज कँडेल पनि पक्राउ परेका छन्…