धनुषा, असोज २३ । धनुषाको जनकनन्दनी गाउँपालिकामा एकै स्थानमा पार्किङ गरी राखिएको ९ ओटा मोटरसाइकल र तीनओटा साइकलमा अज्ञात समूहद्वारा आगजनी गरिएपछि पूर्णरुपमा क्षतिग्रस्त भएको छ । जनकनन्दिनी गाउँपालिका–३ स्थित प्रखे महुवामा पार्किङ गरी राखिएको वडाध्यक्ष विष्णुदेव साहको मोटरसाइकलसहित ९ ओटा मोटरसाइकल र तीनओटा साइकलमा अज्ञात समूहको आगजनीले जलेर ध्वस्त भएको प्रहरीले जनाएको छ ।…