९ मोटरसाइकल र तीन साइकलमा आगजनी • Image Khabar Image Khabar


९ मोटरसाइकल र तीन साइकलमा आगजनी


Imagekhabar
२३ आश्विन २०७६, बिहीबार १५:५९

९ मोटरसाइकल र तीन साइकलमा आगजनी

धनुषा, असोज २३ । धनुषाको जनकनन्दनी गाउँपालिकामा एकै स्थानमा पार्किङ गरी राखिएको ९ ओटा मोटरसाइकल र तीनओटा साइकलमा अज्ञात समूहद्वारा आगजनी गरिएपछि पूर्णरुपमा क्षतिग्रस्त भएको छ ।

जनकनन्दिनी गाउँपालिका–३ स्थित प्रखे महुवामा पार्किङ गरी राखिएको वडाध्यक्ष विष्णुदेव साहको मोटरसाइकलसहित ९ ओटा मोटरसाइकल र तीनओटा साइकलमा अज्ञात समूहको आगजनीले जलेर ध्वस्त भएको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय खजुरीका प्रहरी निरीक्षक राजन थापाले बिहीबार बिहान अन्दाजी ३ः३० बजेको समयमा पार्किङ गरी राखिएको मोटरसाइकलमा आगजनी हुँदा जलेर पूर्णरुपमा नस्ट भएको जानकारी दिए ।

सो आगलागीमा जनकन्दिनी गाउँपालिका–३ का वडाध्यक्षको सरकारी गाडीमासमेत क्षति पुगेको छ ।

सो घटनामा पाँचओटा नेपाली प्लेट र चारओटा भारतीय नम्बरप्लेटको मोटरसाइकल जलेर नस्ट भएको प्रहरी निरीक्षक थापाले बताए ।

सार्वजनिकस्थलमा पार्किङ गरी राखिएको ज९प ७६२५, स१प ४३८१, स८प ७७१८, ज१प ९३३ र ज६प ७९९५ नम्बरको नेपालीप्लेटका मोटरसाइकल जलेर नस्ट भएको छ भने बीआर३२एन ५३३९, बीआर३२एफ ९३००, बीआर३२भी ३०८४, बीआर३२एफ ६०७८ भारतीय नम्बरप्लेटका मोटरसाइकल जलेर नस्ट भएको छ ।

घटनामा तीनओटा साइकलसमेत जलेर नस्ट भएको छ ।

जिल्ला प्रहरी कार्यालय धनुषाले यसबारे अनुसन्धान भइरहेको जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस्