सप्तरी । व्यापारीहरुले चाडपर्वलाई लक्षित गरी भारतीय बजारबाट ल्याउँदै गरेको ठूलो परिमाणको प्रतिबन्धित पटाका सप्तरी प्रहरीले नियन्त्रणमा लिएको छ । स्वर्णपट्टी, कोदरकट्टी, हनुमाननगर, गोविन्दपुर र तिलाठी नाकाबाट नेपालतर्फ ल्याइँदैै गर्दा नियन्त्रणमा लिइएको १० बोरा पटाका प्रहरीले आज नष्ट गरेको छ । प्रतिबन्धित विस्फोटक पदार्थको मुल्य साढे तीन लाख रुपैंया रहेको प्रहरीले जनाएको छ । जिल्ला…