सुनसरी । आगामी मंसीर १४ गते हुने सुनसरीको धरान उपमहानगरपालिकाको उपनिर्वाचन बहिष्कारको आन्दोलनमा उत्रिएका ९ जनालाई प्रहरीले पक्राउ गरेको छ । धरानको छाता चोकमा भेला भई उपनिर्वाचन बहिष्कारको योजना बनाई सर्वसाधारणलाई आतंकित पार्न सक्रिय रहेको अभियोगमा उनीहरुलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय धरानका डिएसपी ढुण्डिराज न्यौपानेले जानकारी दिएका छन् । पक्राउ पर्नेमा उदयपुरका टिकाराम राई,…