
नवलपरासी, पुस २३ । पश्चिम नवलपरासीको भूमिसुधार तथा मालपोत कार्यालय परासीको भूमिसुधार शाखामा कार्यरत खरिदार नेत्रबहादुर चौधरी ४० हजार घुस रकमसहित पक्राउ परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बुटवल कार्यालयले बुधबार उलाई रंङ्गेहात पक्राउ गरेको हो ।
भूमिसुधार तथा मालपोत कार्यालयको सम्पूर्ण काम एउटा भवनबाट हुँदै आएको छ भने शाखाको काम छुट्टै भवनमा सञ्चालनमा छ ।
शाखा भवनमा बोलाएर चौधरीले मोहीको जग्गा बाँडफाँडलाई मिलाई दिने भन्दै सेवाग्राहीसँग रकम लिदैं गर्दा पक्राउ गरिएको आयोगका बुटवल कार्यालय प्रवक्ता सुरेश भुसालले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्