Logo २७ आश्विन २०८३, मंगलबार | Tue Oct 13 2026


संचारमन्त्री बाँस्कोटाको ७० करोड कमिसन काण्ड: सामाजिक संजालमा ‘हंगामा’

काठमाडौं । सूचना तथा सञ्चारमन्त्री गोकुल प्रसाद बास्कोटाले सेक्युरिटी प्रिन्टीङ प्रेसको खरिदमा ७० करोड कमिसन मागेको अडियो एक अनलाइनले सार्वजनिक गरेपछि सामाजिक संजाल ‘तातेको’ छ । एक स्वीस कम्पनीको नेपाली एजेन्टसँग मन्त्री बास्कोटाले आफूले पाउने कमिसनका लागि सेटीङ गरेको अडियो हाम्राकुरा डटकम नामक अनलाइन न्यूज पोर्टलले सार्वजनिक गरेपछि फेसबुक, ट्वयूटरलगायतका सामाजिक संजालमा हंगामा मच्चिएको छ…