काठमाडौं । काठमाडौंको गोंगबुमा आइतबार बिहान सुटकेसमा शव फेला परेका दाङका कृष्णबहादुर बोहोराको हत्यामा संलग्न महिलाले हत्या गरेको स्वीकार गरेकी छन् । महानगरीय प्रहरी परिसर काठमाडौं र महानगरीय अपराध महाशाखाले मंगलबार संयुक्त पत्रकार सम्मेलन गरेर बोहोराको हत्यामा संलग्न भएको आरोपमा पक्राउ परेकी कल्पना मुडभरी पौडेलले आफूलाई यौंन हिंसा गरेको भनी बयान दिएको प्रहरीले जनाएको छ…