लहान, असोज १ । भारतले प्याजको निर्यातमा प्रतिबन्ध लगाएसँगै सिरहामा प्याजको कालोबजारी शुरु भएपछि स्थानीय प्रशासनले बजार अनुगमनलाई तीव्र पारेको छ । अनुगमनका क्रममा प्याजको कालोबजारी गर्ने सिरहाका विभिन्न स्थानको तीन वटा पसलमा सील गर्दै त्यसका सञ्चालकलाई पक्राउ गरेको छ । सिरहाको गोलबजार, मिर्चैया र लहान बजारको पसल तथा गोदामबाट प्याज कालोबजारी भइरहेको सूचनाका आधारमा…